काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति टिप्पणी गर्दै सरकारले उत्तर कोरिया बनाएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले आफुले नियमन प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेको उल्लेख गर्दै सरकारले नर्थ कोरिया पो बनाउने भएछ भन्ने टिप्पणी गरेका हुन् । साथै उनले विकृतिको अन्त्य गर्न सुचनामा बिर्को लगाउन नहुने बताएका छन् ।
उनले भनेका छन्– नियमनको प्रबिधीको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ । बिकृति अन्त गर्न सुचनामा विर्को लगाउने हैन नि ।
FACEBOOK COMMENTS