काठमाडौं । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘म झोले हो’ अभियानप्रति पार्टीका सांसद गोकुल बास्कोटाले फरक मत व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीसमेत एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सञ्लालमा सार्वजनिक गरिरहँदा बास्कोटाले भने आफ्नै ढङ्गले फरक प्रतिक्रिया जनाएका छन् ।
पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका उनले कुनै तस्बिर पोस्ट नगरी लेख्दै आफूलाई एमालेको कार्यकर्ता भनेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘ज्यामितिमा स्वयमसिद्ध तथ्य हुन्छन्, त्यसलाई प्रमाणित गर्न पर्दैन, जस्तो कि दुई विन्दुलाई सरल रेखाबाट मात्र जोड्न सकिन्छ, त्रिभुजका आन्तरिक कोणको योगफल १८० डिग्री हुन्छ । राजनीतिमा पनि त्यही हो अर्थात् म एमाले कार्यकर्ता हुँ । त्यहाँ मेरो विश्वासको मात्र हैन, समाज नै बदल्ने क्रान्तिकारी सिद्धान्त छ ।’

