काठमाण्डौ-ग्लोबल आइएमई बैंकले शुक्रबार देखि सिराहाको कल्याणपुर नगरपालिकामा आफ्नो ९० औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कल्याणपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले गरेका थिए ।
बेल्हाका स्थानिय विजय कुमार शाहलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
कृषि तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको दाबी गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ
FACEBOOK COMMENTS