काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको आधारदर नघटेसम्म अर्थतन्त्र लयमा नफर्किने दाबी गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेको महासंघले आधारदर नघटेसम्म अर्थतन्त्र सुधार नहुने उल्लेख गरेको हो ।
महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेखर गोल्छाले धारणा राख्दै भने, ‘जबसम्म बैंक वित्तिय संस्थाको आधार दर घटदैन, तबसम्म ब्याजदर घटदैन् । ब्याजदर नघटने हो भने अर्थतन्त्र जोगाउन कठिन हुनेछ । त्यसैले तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रिय बैंक दुवैले पहिल्याउनुपर्छ ।’
राष्ट्रबैंकले आइतबार मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियाे । उक्त समिक्षले नीजि क्षेत्रलाई नछोएको भन्दै उद्योगीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उक्त समिक्षलाई लिएर महासंघले आफ्नो आधिकारीक धारण सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन गरेको थियो ।
अर्थतन्त्र जोगाऔ शिर्षकमा महासंघकाे तर्फबाट अध्यक्ष गोल्छाले राखेको धारणको पूर्णपाठ यसप्रकार छ:
याे पनि
यस्ता छन् महासंघले उल्लेख गरेकाे अर्थतन्त्र सुधारका ९ उपायहरु
माैद्रिक नीतिकाे पहिलो त्रैमासिक समिक्षा (पूर्णपाठ)
मौद्रिक नीतिको समीक्षाले निजी क्षेत्रमा चरम असन्तुष्टि
FACEBOOK COMMENTS