काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ५२ सयले बढेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ ।
यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २८५ रुपैयाँले बढेर तोलाको ६७५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ६४८० रुपैयाँमा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS