साउन ८ । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भार प्रतितोला पाँच सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।
FACEBOOK COMMENTS