काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलामा ५ सय रूपैयाँले बढ्दै ९३ हजार ६ सय रूपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रूपैयाँले नै बढ्दै ९३ हजार एक सय रूपैयाँ पुगेको महासंघको जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रूपैयाँले बढ्दै आज प्रतितोला एक हजार २२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS