काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS