काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । आज तोलामा १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।
FACEBOOK COMMENTS