काठमाडौं। आज (बुधबार)नेपाली बजारमा सुनको मूल्य बढेको छ।
बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा ५०० रुपैयाँले बढेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार भने सुनको मूल्यमा कुनै फेरवदल आएको थिएन। सोमबार जस्तै मंगलबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार २७० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियाे ।
FACEBOOK COMMENTS