काठमाडौं । लगातार घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ । मंगलबार एकैदिन तोलामा १ हजार रुपैयाँले घटेको छापावाल सुनको मूल्य बुधबार भने तोलामा ५ सय रुपैयाँले बढेको हो ।
तोलामा ५ सय रुपैयाँले बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।
मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।
तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS