![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सुनको मूल्य आज दोस्रो दिन पनि बढेको छ । बुधबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार सुन प्रतिताला ४ सय रुपैयाँले बढेर एक लाख ९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार रुपैयाँ कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य भने ५ रुपैयाले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार चाँदी एक हजार ४२० रुपैयाँमा किनबेच भएको थियो ।
FACEBOOK COMMENTS