काठमाडौं। घट्न थालेको सुनको मूल्य पुन: बढेको छ। साताको पहिलो दिन आइतबार सुन तोलामा ८ सय रुपैयाँले बढेको छ।
आइतबार एक तोला सुनको मूल्य एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रवार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँ कायम छ। चाँदीको मूल्य दुई दिनदेखि प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा स्थिर थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १९७७.८७ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३.८५ डलर छ।
FACEBOOK COMMENTS