काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता ९०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० रुपैयाँ कायम छ ।
साताको आइतबार तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पुनः ८०० ले घटेको थियो । यस्तै, बुधबार ६०० ले उकालो लागेको सुनको मूल्य विहीबार स्थिर कायम थियो भने शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको थियो । यस्तै, यो साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम गरेको थियो । जुन, २५ रुपैयाँले घटेसँगै यो साताको शुक्रबार १३ सय ४५ रुपैयाँमा आइपुगेको छ ।
FACEBOOK COMMENTS