काठमाडौँ । यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ ।
भारत सरकारले पाम तेल आयातमा लाग्दै आएको ५० प्रतिशत भन्सार शुल्क घटाएसँगै नेपालबाट हुने निर्यातमा कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिना ९साउन–जेठ० सम्ममा पाम तेलको निर्यातमा ५० प्रतिशतले ह्रास आई १९ अर्ब ५४ करोड रुपियाँमा झरेको छ ।
गत वर्ष सो अवधिमा ३९ अर्ब ११ करोड २७ लाख १४ हजार रुपियाँको पाम तेल निर्यात भएको थियो । गत वर्ष समग्र निर्यातमा पाम तेलको निर्यात ४५ प्रतिशतको हाराहारी रहेकामा चालु आवको सुरुदेखि नै निर्यातमा गिरावट आउँदै आएको हो । विभागका अनुसार ११ महिनाको अवधिमा भटमासको तेलको निर्यातमा ८१।८ प्रतिशत ह्रास आई आठ अर्ब ४८ करोड रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा ४६ अर्ब ५८ करोड ७० लाख ४८ हजार रुपियाँको भटमासको तेल निर्यात भएको थियो ।
गत आवमा दुई खर्बको कुल वस्तु निर्यात हुँदा पाम तेल र भटमासको तेलको हिस्सा मात्रै करिब ९० अर्ब रुपियाँ रहेको थियो । त्यति बेला यो कुल निर्यातको ४५ प्रतिशत हो । व्यापारविज्ञ रविशङ्कर सैँजूले भारतले पाम तेल र भटमासको तेल आयातमा भन्सार शुल्क घटाएसँगै निर्यात ह्वात्तै घटेको बताउनुभयो । स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी पुनः प्रशोधन गरेर निर्यात हुने वस्तुको निर्यात गत आवमा बढेको थियो, भारतले भन्सार महसुल घटाउँदा पाम तेल र भटमासको तेल निर्यात घटेको समग्र निर्यातमा गिरावट आएको उनको भनाइ छ ।
स्वदेशमै उत्पादन हुने तुलनात्मक वस्तुको उत्पादन बढाएर निर्यात गर्न सकियो भने निर्यात व्यापार दिगो हुने उनको भनाइ छ । भारतले पाम तेलको आयातमा लाग्दै आएको भन्सार शुल्क ५० प्रतिशत घटाएकाले भारतीय व्यापारीले अन्य देशबाट ल्याउन थालेपछि नेपालबाट कम जान थालेको हो । पाम तेल, भटमास तेल पूर्ण स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी मूल्य अभिवृद्धि ९भ्यालु एड० गरेर निर्यात हुने गर्छ । नेपाली व्यापारीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र ९साफ्टा० अन्तर्गतको सात प्रतिशत छुट सुविधा लिएर भारत पठाउने गरेका थिए ।
चालु आवको ११ महिनामा स्वदेशी वस्तुको निर्यात २२ प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपियाँको निर्यात भएको छ ।
अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चीन, इजिप्ट, इन्डोनेसिया, पाराग्वे, रुस, स्विजरल्यान्ड, टर्की, मलेसियालगायत देशबाट पाम तेल, भटमासको कच्चा पदार्थ आयात हुन्छ । प्रशोधित तेल थोरै मात्रामा आन्तरिक बजारमा र बाँकी सबै भारतमा निर्यात हुने आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS