काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एकैदिन दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि हिजो सुनको मूल्य तोलामा एक लाख ६२ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६४ हजार ४ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS