काठमाडौं । सय केजी सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा बुधबार थप एकजना पक्राउ परेका हुन् ।
राजस्व अनुसन्धान विभागले बुधबार सुरेन्द्र तामाङलाई पक्राउ गरेको स्रोतले जानकारी दियो । यो सँगै पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।
यसै प्रकरणमा बुधबार अपरान्ह प्रहरीले कमलादीस्थित सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको थियो ।
त्यस लगत्तै बुधबार नै सोह्रखुट्टेस्थित एक गोदामा पनि छापा मारेको थियो भने उक्त गोदामबाट ६६ काटन ब्रेक शु बरामद गरिएको थियो ।
FACEBOOK COMMENTS