काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार हालसम्मकै महँगो भएको सुन सोमबार केही सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार रूपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको थियो, जुन मूल्य इतिहासकै उच्च हो ।
अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा चार सय रूपैयाँ घटेको हो ।
यसैगरी सोमाबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला दुई हजार ८५ रूपैयाँ थियो । सोमबार चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २० रूपैयाँ घटेको हो ।
FACEBOOK COMMENTS