काठामाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सय किलो सुन जोख्ने प्रक्रिया सुरु गरेको छ ।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुन जोख्ने प्रक्रिया अघि बढाइएको हो ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ ।
बरामद सुन कति छ भन्ने यकिन भइसकेको छैन ।
ब्रेक सु प्याकिङसहित जोख्दा १५५ किलो भएको थियो । तर त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन । करिब सय किलो सुन भएको राजस्वको अनुमान रहेको छ ।
अब यसलाई जोखेर यकिन गर्न लागिएको हो । राजस्व अनुसन्धान विभागले साउन २ गते काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो ।
FACEBOOK COMMENTS