काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको र्यापिट याक्सन फ्रोर्सका संयोजक साजन शर्माले ९ तोला सुन भन्सार विभागले जफत गरेको बताएका छन् ।
सोमबार राति दक्षिण कोरियाबाट फर्किदा सुन जफत गरेको उनले बताएका हुन् ।
उनले भने, ‘क्विन्टल क्विन्टल सुन भित्रिन्छ हामीसँग बिल हुँदा पनि फेरि भन्सार तिर्न लगाउँछ । मेरो करिब ९ तोला सुन भन्सार विभागले राखेको छ । भन्सारको कर्मचारीले भन्सार नतिरे सुन लैजान नपाउने भन्नुहुन्छ । तर मैले त किन्दा नै सनुको भन्सार तिरेको छु । अब जहाँ पनि भन्सार तिर्नु त सकिँदैन ।’
शर्माले थपे, ‘मैले यहाँबाट विदेश जाँदा इमिग्रेसनमा सोधेको थिए । मैले यहाँ लगाएर गएको सुन फेरि फिर्ता आउँदा समस्या हुन्छ कि हुँदैन भनेर तर उहाँहरुले हुँदैन भन्नु भयो । तर मैलाई फेरि समस्या हुन्छ भनेर भित्र आफूले लगाएको सुनको भिडियो बनाएर राखे । तर मैले भिडिया देखाउँदा हेर्दिन भन्नु हुन्छ । ’
उनले आफू नेपालबाट १४ जुलाईमा दक्षिण कोरिया गएर करिब १ महिनाको बसाइपछि नेपाल फर्केको बताएका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत टोकराज पाण्डेले भन्सार तिरे उनले सुन पाउने बताएका छन् ।
उनले भने, ‘हामीले उहाँको सुन डिपोजिट गरेर राखेका छौँ । उहाँको सुन १०० ग्राम जति छ । उहाँले राजपत्रमा प्रकाशित नियम अनुसार पुरुषको हकमा २५ ग्राम सुनको भन्सार छुट पाउनु हुने छ । अन्यको भन्सार तिरेर लैजानु पर्ने छ । ’
पाण्डेले अब हामीले कानुन अनुसार काम गर्ने हो । अब कानुनमा नेपालमा बनाएको सुनमा छुट दिने भनेर नलेखिएको बताएका छन् ।
उनले हामीले एयरपोर्ट भित्र बोडपनि राखेका छौँ कति लान पाउने कति नपाउने । कि कानुन चेन्ज गर्नु पर्यो । अब हामीले उहाँलाई भन्सार नतिरी छोडे उहाँ पक्राउ पर्नु हुन्छ ।
FACEBOOK COMMENTS