काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट बरामद भएको सुन आज गालिएको छ ।
सुन गाल्ने काम सकिएसंगै अब गालिएको सुन फेरि जोखिने छ । यसअघि हिजो सोमबार ब्रेक शु बाट निकालिएको सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार गाल्नु अघि सुनको तौल ६० किलो ७८९ ग्राम भएको र गालिसकेपछि अब फेरि सुन जोखिने छ । गालेपछि सुनको तुला घट्नसक्ने उनको भनाई छ ।
साउन ३ गते बुधबार त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भई बाहिर निकालिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको थियो । बरामद गरिएको सुन ८० देखि १०० किलोसम्म भएको अनुमान गरिएको थियो।
लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो । बाइक र स्कुटीको पाटपुर्जा भित्र सुन लुकाएर ल्याइएको फेला परेको थियो। प्रधानमन्त्रीको निर्देशनमा राजस्व अनुसन्धान भिवागबाट हाल सीआईबीले यसको अनुसन्धान गरिरहेको छ।
FACEBOOK COMMENTS