काठमाडौं । सुनको भाउ लगातार ३ दिन बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल ५०० रुपैयाँले बढेर १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार र बुधबार पनि सुनको भाउ क्रमशः प्रतितोला २०० र १०० रुपैयाँले बढेको थियो । यसअघि, बुधबार छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ कायम रहेको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९२०.२६ डलरमा र चाँदी प्रतिऔंस २४।२७ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।
यसबाहेक स्थानीय बजारको माग र आपूर्ति अनुपातले पनि भाउमा फरक परिरहेको हुन्छ । तीज, विवाह लगायतका समयमा माग बढी हुँदा स्थानीय जबारमा सुन चाँदीको भाउ बढ्ने गरेको पाइन्छ ।
FACEBOOK COMMENTS