काठमाडौं । यो साता सुनको भाउ लगातार ४ दिन घटेको छ । यस ४ दिन अवधिमा सुनको भाउ ३ हजार ४०० रुपैयाँले घट्न पुगेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि मंगलबार, बुधबार र बिहीबर सुनको भाउ क्रमशः प्रतितोला ४००, ८०० र १४ सय रुपैयाँले घटेको थियो । यसअघि, बिहीबार छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS