काठमाडौँ । सुनको भाउ १५ दिनमा ४ हजार ६ सय रुपौयाँले घटेको छ । असोज १ गते सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ तोकेको थियो ।
तर यो मूल्यवृद्धि सामान्य घटबढ हुँदै प्रन्धौँ दिनसम्म आइपुग्दा सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ सस्तियो । बजारमा उच्च खरीद ब्रिकीको मुख्य सिजनमै उतार चढाव देखिँदा उपभोक्ताहरु सुन किन्न हिच्किचाइरहेका छन् ।
आन्तरिक बजारको मूल्य उतारचढाव
असोज १ गते प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ तोकिएको सुनको मूल्य असोज १५ गते १ लाख ७ हजार ९ सय रुपैयाँमा झर्यो ।
दुई गते तोलामा ५ सय रुपैयाँ बढेको सुन ३ गते पुनः ३ सय रुपैयाँले घट्यो । साथै ४ र ५ गते लगातार घटेको सुनको मुल्य ६ गते तोलामा १ सय रुपैयाँले बढ्यो ।
तर, १० गते सुनको मूल्य एकैदिन ८ सय रुपैयाँले घट्न पुग्यो । अहिले दैनिक जसो सनुको मुल्य घट्दो क्रममा छ ।
किन घट्दैछ सुनको मूल्य ?
अन्तर्राष्ट्रिय बजारमा डलरमा मान्छेहरू आकर्षित हुदाँ सुनको मूल्यमा गिरावट आएकाे महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन् ।
महासचिव बज्राचार्यले भने, ‘कच्चा तेलको मूल्य सस्तो हुँदा डलरको भाउ बढ्थ्यो, डलर महँगो हुँदा सुनको भाउ घट्थ्यो तर अहिले सुन र डलरको भाउ दुवै उतार चढाबपूर्ण छ । ’
के सुनको भाउ घट्दैछ ?
सुनको भाउ दैनिक ओरालो लाग्ने क्रममा देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८ सय ४८ डलर रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा यो समाचार तयार पार्दासम्म सुनको भाउ घटेर प्रतिऔंस १८ सय ४० डलरमा झरेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको भाउ एकै दिन ८.९ अमेरिकी डलर प्रतिऔंशमा घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार हरेक दिन बिहान १० बजेको अन्तराष्ट्रिय मूल्यअनुसार नेपाली मूल्य निर्धारण हुनेछ । सोमबार बेलुकीसम्मको मूूल्य गिरावटले अझै सुनको मूल्य घट्ने संकेत गरेको महासंघले जनाएको छ ।
दैनिक १० करोडको सुन बिक्री
बजार अहिले दैनिक १० किलो सुनको खरीद बिक्री भइरहेको छ । आजको बजार मूल्य १० करोड भन्दा धेरै हने महासंघले जनाएको छ ।
यस अघिको बजारमा दैनिक ४० देखि ५० किलो सुन व्रिकी हुने गरेपनि आर्थिक मन्दीका कारण सुन विक्री कम भएको महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
FACEBOOK COMMENTS