काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
गतसाताको मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मुल्यले यो साता पनि निरन्तरता पाएको हो । मंगलबार प्रतितोला ४ सय रुपैयाँ, बुधबार ८ सय रुपैयाँ, बिहीबार १ हजार ४ सय रुपैयाँ र शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको थियो भने यससाताको पहिलो दिन आइतबार ८ सय र हिजो सोमबार १ सय रुपैयाँले घटेको थियो । यसरी हेर्दा एक सातामा सुनको भाउ ५ हजार ६ सय रुपैयाँ घटेको छ ।
आज तेजावी सुन पनि प्रति तोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने तोलामा ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९१ हजार ३ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९० हजार ९ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय २३ रुपैयाँ कायम गरेको छ ।
FACEBOOK COMMENTS