काठमाडौं । दसैँको माहोलले शुक्रबार सुनको मूल्यले नयाँ किर्तीमानी कायम गरेको छ ।
बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरी नयाँ रेकर्ड राखेको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै शुक्रबार हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS