काठमाडौँ । आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेर एक लाख ६४ हजार रूपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य एक लाख ६३ हजार रूपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० रूपैयाँ कायम भएको महासङ्घले जनाउको छ । कात्तिक १५ गते एक लाख ७१ हजार रूपैयाँमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।
FACEBOOK COMMENTS