![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । दसैंपछि कारोबार सुरु हुँदा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।
दसैंअघि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दसैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएको हो । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४५० रूपैयाँ रहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । दसैंअघि चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँ रहेकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
FACEBOOK COMMENTS