काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
साताको कारोबारको दोस्रो दिन आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुनको मूल्य एक लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २० हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यस्तै, चाँदी आज प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको हो ।
FACEBOOK COMMENTS