काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मल्यले यसदिन पनि निरन्तरता पाएको हो ।
आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ, सोमबार प्रतितोला पाँच सय रूपैयाँ, मंगलबार प्रतितोला सात सय रूपैयाँ र बुधबार प्रतितोला तीन सय गरी सुनको मूल्य चार दिनमा प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ ।
मंगलबारर प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेको हो ।
FACEBOOK COMMENTS