काठमाडौं । लगातार ४ दिन घटेको सुनको भाउ आज भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला १३ सय, ५०० र ७०० र ३०० रुपैयाँले घटेको थियो । बुधबार छापावाल सुन १ लाख १६ हजार रुपैयाँ कायम रहेको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३१.५३ डलरमा र चाँदी प्रतिऔंस २३.८२ डलरमा कारोबार भइरहेको छ ।
मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।
FACEBOOK COMMENTS