काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS