काठमाडौँ । सुनको भाउ बिहीबार ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख २५ हजार ८०० रुपैयाँ पुगेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार २०० रुपैयाँ कायम छ । यसअघि, बुधबार छापावाल सुन १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।
यसअघि, आइतबार, सोमबार र मंगलबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर १५ सय १५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ रहेको थियो ।
FACEBOOK COMMENTS