![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । साताको दोस्रो दिन पनि सुनको भाउमा गिरावट आएको छ । चैत १ गतेदेखि गिरावट आएको सुनको भाउ आज पनि प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
सोमबार छापावाला सुनको भाउ १ लाख २४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । आइतबार सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम गरिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ५३० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १४७ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS