काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS