काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
हिजोको तुलनामा आज मंगलबार १०० रुपैयाँ बढेर सुनको मूल्य एक लाख ३६ हजार ३०० रुपैयाँ कायम हुँदा नयाँ रेकर्ड बनेको हो । हिजो सोमबार तोलामा एक लाख ३६ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । हिजो प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विगत तीन सातामै सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँ बढेको छ । चैत ४ गते प्रतितोला एक लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
FACEBOOK COMMENTS