काठमाडौं । २०८० सालको अन्तिम दिन सुनको मूल्य बढेको छ । आज शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कारोबार भएको छ ।
बिहीबार सुनको भाउ १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको भाउ १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३८६ दशमलव ५१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ८ डलरमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS