![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) पनि सुनचाँदीको मुल्य बढेको छ । हिजो (बुधबार) प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो ।
त्यस्तै आज छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघको अनुसार आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS