काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ नाघेको छ ।
शुक्रबार तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (आइतबार) १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ।
महासंघकाको अनुसार आइतबार सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८७० रुपैयाँमा कायम भएको चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS