काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) छापावाला सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदी १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS