काठमाडौं । लगातार ४ कारोबार दिन घटेको सुनको मूल्यमा आज बुधबार वृद्धि भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४ सय कायम भएको छ । यसअघि, मंगलबार १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज बुधबार चाँदीको भाउ पछि प्रतितोला ५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS