काठमाडौं । साताको पाँचौ दिन बिहीबार आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।
आज सुनको मूल्य ५ हजार ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च रेट हो ।
बुधबार सुनको भाउ १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको भाउ प्रतितोला ६५ रुपैयाँले बढेको छ ।
यसदिन चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
FACEBOOK COMMENTS