काठमाडौँ । नयाँ वर्षको पहिलो कारोबार दिन सुनको मूल्य घटेका छ ।
चैत ३१ को कारोबारमा सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार बैशाख १ गते नयाँ वर्षको सार्वजनिक बिदा भएर काराेबार नभएकाे सुन बैशाख २ गते मंगलबार पहिलो कारोबार हुँदा भने १७०० रुपैयाँ घटेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसैबिच चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।
FACEBOOK COMMENTS