काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन हालसम्मकै महङ्गो भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको यो मूल्य हिजो आइतबारको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँले बढी हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।
बिहीबार प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार प्रतितोला आठ सय रुपैयाँले घटेको तथा आइतबार स्थिर रहेकाेमा सोमबारको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यता, चाँदीको मूल्य भने सोमबार पनि स्थिर रही प्रतिताेला एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS