काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख रुपैयाँ पुग्ने आकलनमा थप बल पुगेको छ ।
आज मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनेको छ ।
हिजो सोमबारको कीर्तिमान तोड्दै सुन आज एकैदिन प्रतितोला ६ हजार नौ सय रुपैयाँले बढेको हो ।
हिजो सुन प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार प्रतिताेला एक हजार नाै सय ६० रुपैयाँमा कायम भएको चाँदीको मूल्य मङ्गलबार प्रतिताेला १० रुपैयाँले बढेर एक हजार नाै सय ७० रुपैयाँ कायम भएको हो ।
FACEBOOK COMMENTS