काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य उच्च रकमले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य हिजो बुधबारको तुलनामा प्रतितोला चार हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ५० रुपैयाँले घटेर चाँदी आज एक हजार नौ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।
अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ ६५ रुपैयाँ थियो ।
FACEBOOK COMMENTS