काठमाडाैं । सुनको मूल्य आज शुक्रबार तोलामा २९ सय ले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २९ सयले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसअघि, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला २१ सय ७५ रुपैयाँ रहेको थियो ।
FACEBOOK COMMENTS