काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका संचालक जीवनकुमार गुरङ पक्राउ परेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो ।
मंसिर २१ गते फ्लाई दुबईबाट आएका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । यसरी सुन तस्करी गरेर ल्याएको घटनामा अनुसन्धान गर्दा अध्यक्ष गुरुङ मुख्य योजनाकार रहेको पाइएको थियो ।
दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा अन्य व्यक्ति थुनामा छन् । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।
चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको थियो ।
FACEBOOK COMMENTS