काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिन मंगलबार प्रतितोला एक हजार रूपैयाँले बढेको छापावाल सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँ कायम भएको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँले बढी हो ।
FACEBOOK COMMENTS