काठमाडाैं । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीका मूल्य बढेको छ ।
अघिल्लो दिन बिहीबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन स्थिर रहँदै प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रूपैयाँले बढेर एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS